काठमाडौं, ३ असोज । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाले एमाले परिवर्तनको झण्डा बोकेर फेरि आउने बताएका छन् ।
संविधान दिवसको अवसरमा एमाले काभ्रेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले गुमेको आत्मविश्वासलाई फेरि फिर्ता लिएर आउने बताएका हुन् ।
उनले भने, ‘नेकपा एमालेका केही नेताहरू आउँछन् कि आउँदैनन् भन्न सकिँदैन । तर, नेकपा एमाले आउँछ, परिवर्तनको झन्डा बोकेर आउँछ । गुमेको आत्मविश्वासलाई फेरि फिर्ता लिएर आउँछ ।’
उनले अहिले संविधानलाई कोमामा पुर्याइएको टिप्पणी गर्दै एमाले तीनवटै पुस्ताको नेतृत्व गर्न सक्षम रहेको दावी गरेका छन् ।
उनले भने, ‘हामीले कुनै निरंकूशताको अभियान चलाएका होइनौँ । न्यायको अभियान चलाएको हौँ । यो वितण्डाले देश सय वर्ष पछाडि परेको छ । हामीले भूकम्प, नाकाबन्दी, कोभिड र विदेशीको थिचोमिचोको सामना गरेर जनतालाई बचाइरह्यौँ । त्यो दृढ विश्वास गुम्दैन । हामी तीन वटै पुस्ताको नेतृत्व गर्न सक्छौँ ।’








प्रतिक्रिया