३१ जेष्ठ २०८३, आइतबार

भाटभटेनीले कर्मचारी ननिकाल्ने, बोनससहित तलब दिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असोज । जेन–जी आन्दोलनबाट सबैभन्दा धेरै मारमा परेको भाटभटेनी सुपरस्टोर कर्मचारी नहटाउने भएको छ ।

भाटभटेनीले जलेर ध्वस्त भएका शाखाका कर्मचारी नहटाउने भएको हो । कर्मचारी नहटाउने उल्टै कर्मचारीलाई भदौ महिनाको तलबसँगै दशैँ बोनस सुविधा दिने जानकारी दिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका ११ वटा शाखा जलेर ध्वस्त भएका थिए भने ९ वटामा तोडफोड तथा लुटपाट भएको थियो।