काठमाडौं, ३ असोज । नेकपा (एमाले) का नेता महेश बस्नेतले जेन जीका लिडर सुदन गुरूङ एमालेमा आउन सक्ने दावी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा सुदनसँग कुरा भएको र एमालेमा आउन सक्ने दावी गरेका हुन् ।
उनले भने, ‘सुदन भाइ एमालेमा आउँछ जस्तो लाग्छ । यो विषयमा अलिअलि कुराकानी समेत भएको छ । हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरुको ठूलो टोली हामीसँग सम्पर्कमा छ । यिनीहरु एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस् ।’
सुदनले केही दिनअघि आफूमाथि आक्रमणको प्रयास भएको र त्यसमा महेश बस्नेतको हात हुन सक्ने आशंका व्यक्त गरेका थिए ।









प्रतिक्रिया