२८ जेष्ठ २०८३, बिहिबार

वरिष्ठ उपाध्यक्षसहित जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । जनमत पार्टीका ६ जना शीर्ष नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका हुन् । यसअघि हिजो उनीहरूले अध्यक्षबाट राजीनामा अध्यक्ष सीके राउतलाई २४ घण्टे अल्टिमेटम दिएका थिए ।

नेपालको विषम परिस्थिति र जनमानसको अपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको र नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्दै अपमान गरेको उनीहरूले आरोप लगाएका छन् ।