२३ जेष्ठ २०८३, शनिबार

गणेशमानलाई सम्झिदै प्रकाशमानले भने– दलहरुले गरेको योगदान मेटाउन खोजियो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । बिहीबार बिहान गणेशमान सिंहको २८औं स्मृति दिवसको अवसरमा शोभा भगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायतले माल्यार्पण गरेका हुन् ।

माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने, ‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण छ । जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन् । नेपालमा प्रजातन्त्र स्थापना गर्न उहाँले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । यसबाट पनि थाहा हुन्छ । उहाँले कति धेरै संघर्ष कति गर्नुभएको छ त्यहिबाट थाहा हुन्छ ।’

त्यस्तै, उनले जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको योगदान केही होइन भनेर देखाउने दुष्प्रयास भएको पनि बताए । त्यसैले जेनजी आन्दोलनमा भएका गतिविधिहरुको छानबिन हुनुपर्ने माग समेत गरे ।

‘जेनजी आन्दोलनको कभरअपमा दल र दलले गरेको जुन योगदान छ, त्यो योगदान केही होइन भनेर देखाउने दुष्प्रयास भइरहेको छ । त्यसैले अहिले यसको राम्रोसँग छानबिन गर्न आवश्यक छ । जसले दुष्प्रयास गरिरहेको छ त्यसमा सरकार र पार्टी दुवै सजक हुनुपर्छ ।’