१ असार २०८३, सोमबार

एमाले युवाहरूको पार्टी हो : शङ्कर पोखरेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असोज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको बताएका छन् ।

एमालेका केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गरेको स्पष्ट पारेका हुन् ।

एमालेले असोज ३ गते संविधान दिवस मनाउने तयारीका लागि बैठक बोलाएको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आगामी असोज ३ गते संविधान दिवस भव्यतापूर्वक मनाउने जानकारी दिए ।

महासचिव पोखरेलले परिपत्र गर्दै संविधान दिवस भव्यताका साथ मनाउन प्रदेश कमिटी र जिल्ला कमिटी अध्यक्षलाई निर्देशन दिएका छन् ।