१५ असार २०८३, सोमबार

भारतमा जिप दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु, तीनजना एकै परिवारका

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । भारतमा जिप दुर्घटनामा परेर चारजना नेपालीको मृत्यु भएको छ ।

हिमाचल प्रदेशको सिमला कोटखाईमा जिप दुर्घटना हुँदा तीनजना एकै परिवारकासहित चारजनाको मृत्यु भएको हो । काममा जाँदै गरेको जिप दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुने सबैजना सल्यानको कुमाख गाउँपालिका वडा नं ४ बस्नेतजिउला रहेका छन् । मृत्यु हुनेमा ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाही रहेका हुन् ।