काठमाडौं, ३१ भदौ । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उत्तम साइत ११ बजेर ५३ मिनेटमा रहेको जानकारी दिएको हो । यस्तै, विजया दशमीका दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ ।
टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले उल्लेख गरेको हो । ६ गते परेको घटस्थापनाको साइत ९ बजेर १३ मिनेटमा रहेको छ ।















प्रतिक्रिया