काठमाडौं, ३१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन्।
घिसिङ प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत हुन्। उनको दोस्रो कार्यकालका क्रममा शाक्यलाई अन्यत्रै पदस्थापन गरिएको थियो, जसका कारण उनी सर्वोच्च अदालत पुगेका थिए।
जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै घिसिङ मन्त्री बनेका हुन्। पदभार ग्रहण गरेको दुई दिनपछि मात्रै शाक्यले फेसबुकमार्फत बधाई दिँदै घिसिङको सफल कार्यकाल र समृद्ध नेपाल निर्माणको शुभकामना व्यक्त गरेका छन्।








प्रतिक्रिया