४ श्रावण २०८३, सोमबार

यस वर्ष दसैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । यस वर्षको दसैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ।

मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले जेनजी आन्दोलनपछि विश्वविद्यालय तथा कलेजहरू बन्द भएर विद्यार्थीहरू पहिले नै घर फर्किसकेकाले अग्रिम टिकटको आवश्यकता नरहेको निष्कर्ष निकालेको हो।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार दसैँमा घर जानेहरूले ३/४ दिनअघि नै टिकट पाउने व्यवस्था मिलाइएको छ। “अब अग्रिम बुकिङ खोल्नुपर्ने अवस्था छैन,” उनले भने।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडबाडमा यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउन व्यवसायी, प्रहरी र सरोकारवालासँग आवश्यक तयारी गरिएको बताए।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले यात्रु ठगी गर्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिँदै यात्रु सुरक्षाका लागि सहायता कक्षमार्फत प्रहरी परिचालन गरिने जानकारी दिए।