९ असार २०८३, मंगलबार

संविधान दिवस भव्यतापूर्वक मनाउन एमालेको आह्वान

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) ले संविधान दिवसलाई भव्यतापूर्वक मनाउन आह्वान गरेको छ।

असोज ३ गतेलाई देशभर संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने परम्परा रहेको उल्लेख गर्दै एमालेले यस वर्ष पनि विशेष कार्यक्रम गरेर मनाउने बताएको हो ।

एमाले महासचिव शंकर पोखरेलले सोमबार जारी गरेको परिपत्रमा संविधान दिवसका दिन पार्टीका तर्फबाट सबै जिल्लामा कार्यक्रम आयोजना गर्ने र काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालय व्यतिरिक्त प्रमुख स्थानमा पनि कार्यक्रम गरिने जानकारी दिएका छन्।

विज्ञप्तिमा हालको राजनीतिक अस्थिरता, अराजकता र संवैधानिक व्यवस्थामाथि आक्रमण गर्ने प्रवृत्तिको भर्त्सना गर्दै संविधानको रक्षा, स्थायित्व र जनताप्रतिको प्रतिबद्धता प्रकट गरिएको छ।

भदौ २३ गतेको दुर्भाग्यपूर्ण घटनाले राजनीतिक अवस्था अस्थिर बनेको र संवैधानिक व्यवस्थामाथि आक्रमण गर्ने प्रयास भइरहेको जनाउँदै विज्ञप्तिमा संवैधानिक लोकतन्त्र र गणतन्त्रको पक्षमा दृढ रहन पार्टी कार्यकर्तालाई आह्वान गरिएको छ।