२८ जेष्ठ २०८३, बिहिबार

नयाँ भव्य पार्टी कार्यालय बनाउने प्रचण्डको घोषणा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडास्थित पार्टी कार्यालयमा जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि नयाँ भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरेका छन्।

मंगलबार क्षतिग्रस्त कार्यालयको अवलोकन गर्दै उनले भने, “क्षति त भयो, तर अब सम्पूर्ण पार्टी पंक्ति, देशभित्र र बाहिर रहेका सदस्यहरूको सहयोगमा नयाँ कार्यालय भवन निर्माण गरिने छ।”

जेनजी आन्दोलनपछि सैनिक ब्यारेकमा रहेका प्रचण्ड सार्वजनिक कार्यक्रममा पहिलो पटक देखिएका हुन्। कार्यालय पुगेका उनले सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मान प्रकट गरे।

आगजनीका बीच केही माइन्युट र पुस्तकालय जोगिन सफल भएको उल्लेख गर्दै उनले त्यहाँका श्रमिक र युवा संगठनलाई धन्यवाद दिए। “पार्टी कार्यालयका सबै कोठा, मजदुर, वाइसीएलको कार्यालय अवलोकन गर्दा ठूलो क्षति भएको देखियो। तर, केही माइन्युट र पुस्तकालय बचेको सुन्दा खुसी लागेको छ,” प्रचण्डले भने।

उनले दुई दिनमै कार्यालयमा भएको सफाइ कार्यप्रति पनि आभार प्रकट गरे। “अहिले सफाइ कार्यक्रममा युवाहरू सक्रिय देखिन्छन्। दुई दिनमै तपाईंहरूले सफाइलाई स्तरमा पुर्‍याउनुभएको छ, त्यसका लागि धन्यवाद दिन चाहन्छु,” उनले भने।