८ असार २०८३, सोमबार

जेन–जी आन्दोलनको क्रममा चोरिएका सबै रिचार्ज कार्ड ब्लक, खरिद बिक्री नगर्न टेलिकमको आग्रह

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ भदौ । यही २३–२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा नेपाल टेलिकमको रिचार्ज कार्डहरू चोरी भएका छन् । कम्पनीले एक सूचना प्रकाशन गर्दै ७० हजार २०० थान रिचार्ज कार्ड चोरी भएको जनाएको हो ।

कम्पनीका अनुसार २४ भदौमा आन्दोलनका क्रममा गण्डकी प्रदेश पोखराको महेन्द्र पुल स्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयमा तोडफोड तथा आगजनी भएको थियो । सोही क्रममा १०० र ५०० रुपैयाँका रिचार्ज कार्ड चोरी भएका हुन् । चोरी भएका सम्पूर्ण रिचार्ज कार्ड सिस्टमबाटै ब्लक भइसकेको कम्पनीका सहायक प्रवक्ता नविनकुमार मिश्रले जानकारी दिए । “ती रिचार्ज कार्ड प्रयोग गर्न खोज्दा रिचार्ज हुने छैन,“ उनले भने, “तर ग्रामीण भेगतिर सर्वसाधारणलाई बिक्री गरी ठगी कार्य हुन सक्ने भएकाले यो सूचना निकालेका हौँ ।“

जसमा ७० हजार रिचार्ज कार्ड १०० रुपैयाँका छन् भने ५०० रुपैयाँका रिचार्ज कार्डको सङ्ख्या २०० थान रहेको छ । कम्पनीले चोरी भएका रिचार्ज कार्डको सिरियल नम्बर समेत सार्वजनिक गर्दै ती रिचार्ज कार्ड बिक्री वितरण तथा प्रयोग नगर्न आम सर्वसाधारणलाई जानकारी समेत गराएको छ ।

चोरी भएका २०० रुपैयाँका रिचार्ज कार्डको सिरियल नम्बर

११२५०३०१२३६००००१ देखि ११२५०३०१२३६६००० सम्म

११२५०३००९४५१००१ देखि ११२५०३००९४५१८००० सम्म

११२२०२००५१०९२२०१ देखि ११२२०२००५१०९३००० सम्म

११२२०२००५१०९३२०१ देखि ११२२०२००५१०९४००० सम्म

११२२०२००५१११६००१ देखि ११२२०२००५१११६२२०० सम्म

११२२०२००५१११९८०१ देखि ११२२०२००५११२०००० सम्म

चोरिएका ५०० रुपैयाँका रिचार्ज कार्डको सिरियल नम्बर

१११९०३००९२३७७८०१ देखि १११९०३००९२३७८००० सम्म