२५ जेष्ठ २०८३, सोमबार

जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने सरकारको निर्णय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पु¥याउने निर्णय गरेको हो ।

यस्तै सरकारले आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने भएको छ । साथै १ असोजमा शोक बिदा दिने निर्णय भएको छ ।