काठमाडौं, ३० भदौ । धरान उपमहानगरका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने सपना बोकेर काठमाडौं आए पनि खाली हात फर्किनुपरेको छ।
६ दिनअघि काठमाडौं आएका उनले लगातार स्टाटस र भिडियोमार्फत आफूलाई जेनजीतर्फबाट प्रधानमन्त्री बनाउन माग गरिरहे। तर, जेनजीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री चयन गरे। हर्कले विरोध गरे पनि सफल भएनन्।
प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएपछि उनले मन्त्री पदको खोजी गरे। तर, त्यो पनि हात लागेन। अन्ततः प्रधानमन्त्री र मन्त्री दुवै पद पाउन नसकेपछि हर्क धरान फर्किन बाध्य भए।
यता, धरान भने बजेट पारित नभएकै कारण लथालिंग अवस्थामा छ। हर्क प्रधानमन्त्री बन्न काठमाडौं धाउँदै गर्दा उपमहानगरमा कर्मचारी तलबदेखि विकास निर्माणसम्म ठप्प बनेको छ।







प्रतिक्रिया