काठमाडौं, ३० भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाको पुनर्निर्माण जनताको सहभागितामार्फत गर्ने घोषणा गरेका छन्।
आज सिंहदरबारमा पदबहाली कार्यक्रममा मन्त्री घिसिङले “हाम्रो सार्वजनिक संरचना हामी आफैं बनाउँछौँ” अभियान सुरु गर्ने तयारी भएको जानकारी दिँदै संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचना पुनर्निर्माणमा नागरिककै प्रत्यक्ष संलग्नता हुने बताएका हुन् ।
उनले भने, “यसका लागि विशेष कोष खडा गरिनेछ। अर्थ मन्त्रालयको सहमतिमा क्याबिनेटबाट कोष स्थापना हुनेछ। विदेशमा रहेका नेपालीहरूले पनि अपनत्व देखाउने अपेक्षा छ। बनाउने पनि हामी नै हौँ, जति सकिन्छ, गर्नुहोला। सदुपयोग हुने विश्वास छ।”
मन्त्री घिसिङले पुनर्निर्माणलाई छिटो, पारदर्शी र विश्वासिलो बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य हुने उल्लेख गर्दै सबै नेपालीलाई अभियानमा जोडिन आह्वान गरेका छन् ।















प्रतिक्रिया