१ कार्तिक २०८३, शनिबार

हर्क साम्पाङको चेतावनी– बुद्धि पुर्‍याएनन् भने यो सरकार एक महिनाभित्रै ढल्न सक्छ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत् अन्तरिम सरकारप्रति कडा चेतावनी दिएका छन्। आज आफ्नो फेसबुक पेजमार्फत् साम्पाङले लेखेका छन्, “बुद्धि पुराएनन् भने यो सरकार १ महिनाभित्रै ढल्न सक्छ !”

यसअघि पनि साम्पाङले मन्त्री बन्ने प्रक्रियामा भारतीय दूतावास धाउने चलनप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

साम्पाङको भनाइले हालै बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारप्रति उनको आक्रोश झल्काएको छ। उनले प्रधानमन्त्री नपाएपछि गृहमन्त्री मागेका थिए । त्यो पनि नपाएपछि आक्रोशित भएका हुन् ।