२२ जेष्ठ २०८३, शुक्रबार

अर्थमन्त्रीको पहिलो निर्णय : टुक्रे आयोजना खारेज, निजी सचिवालय नराख्ने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ – नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहण गर्दै नै तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने घोषणा गरेका छन्। सोमबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले “फजुल खर्च नियन्त्रण र मूल्याङ्कन” गरेर मात्र काम अघि बढाइने स्पष्ट पारे।

खनालले भने, “पूर्व तयारी नरहेका आयोजनाहरूलाई अघि बढाइँदैन। यस्ता टुक्रे आयोजना खारेज गरिन्छ। हामी खरानीबाट जाग्यौँ है भन्ने सन्देश अर्थ मन्त्रालयबाटै दिनेछौँ।”

उनले अर्थ मन्त्रालय परिसरमै रहेका भत्किएका संरचना तत्काल हटाउने तयारीसमेत जानकारी दिए। बजेटबाट टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णयसमेत उनले गरेका छन्।

यससँगै मन्त्री खनालले निजी सचिवालय नराख्ने घोषणा पनि गरेका छन्। “मेरो लागि चालक भए पुग्छ, गाडीमा हिँड्दा फोन गर्नुपर्ने भएकाले मात्रै चालक चाहिन्छ,” उनले भने।

खनालले पूर्वमा आयोगमार्फत दिएका सुझावहरूलाई पनि कार्यान्वयन गर्न सरकार तत्पर रहेको उल्लेख गरे।