काठमाडौं, ३० भदौ । अन्तरिम सरकारले नयाँ मन्त्रिपरिषद् विस्तार गर्दै अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाललाई पहिलो वरीयतामा राखेको छ।
सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
वरीयता क्रमअनुसार पहिलो नम्बरमा अर्थमन्त्री रामेश्वर खनाल, दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ र तेस्रो नम्बरमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल रहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीनै जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।









प्रतिक्रिया