११ असार २०८३, बिहिबार

गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । हालको लागि गृहमन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ ।

भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरुले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृहमन्त्रालय पनि जलेर ध्वस्तभएको थियो ।

त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभएपछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृहमन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो ।

हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भईरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएका छन् ।