३ श्रावण २०८३, आइतबार

बालेन शाहको लिस्टमा नयाँ मन्त्री को-को छन् ?

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । अन्तरिम सरकारको मन्त्रिमण्डलमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केही व्यक्तिहरूलाई मन्त्री बनाउन लबिङ गरिरहेको खुलेको छ ।

मेयर शाहको लिस्टमा कुलमान घिसिङ, पारस खड्का, बालानन्द शर्मा, ओमप्रकाश अर्याल र रमेश खरेल छन् ।

स्रोतका अनुसार, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालयको जिम्मेवारी दिन लबिङ छ। त्यसैगरी, पूर्व क्रिकेट कप्तान तथा क्रिकेट संघ नेपालका सचिव पारस खड्कालाई युवा तथा खेलकुद मन्त्रालय र नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई रक्षा मन्त्रालयको जिम्मेवारी दिन बालेनले प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरिरहेका छन् ।

त्यसैगरी, मेयर बालेन शाहका सल्लाहकार ओमप्रकाश अर्याललाई गृह वा कानुन मन्त्रालय र नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेललाई गृह मन्त्रालय वा अन्य उपयुक्त मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको बताइएको छ।

अर्थमन्त्रीमा पूर्वअर्थसचिव रामेश्वर खनालको चर्चा छ । पूर्वआईजीपी सर्बेन्द्र खनाल पनि मन्त्रीको दौडमा छन् ।

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले पनि गृहमन्त्री पदमा दाबी गर्न थालेका छन् । यही दाबी पेश गर्न उनी आज बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, ६ घण्टा कुर्दा पनि उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्न पाएनन् ।