३ श्रावण २०८३, आइतबार

माओवादीका छाउराले मेरो घर जलाए : मोहन बस्नेत

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २९ भदौ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो सिन्धुपाल्चोकस्थित घर नष्ट गर्न माओवादी समूहको हात  रहेको आरोप लगाएका छन् । उनले यो घटनामा स्वदेशीसहित विदेशीहरूको समेत संलग्नता रहेको दाबी गरे ।

बस्नेतले भत्किएको घरको भग्नावशेषमै भेला भएका केही मानिससमक्ष भावुक हुँदै ठूलो स्वरमा आफ्नो रोष पोखे। उनले भने, “मेरो घर जलाइयो तीनकुनेको घरदेखि यहाँसम्म सबै जलाइयो। यही सब माओवादीको सक्रियताले भएको हो। के सम्बन्धमा स्वदेशी मात्रै होइन, विदेशीहरू पनि देखिएका छन्।”

संविधान मिचिएको दावी गर्दै उनले भने, ‘अब चुनाव त के होला, संविधान मिचिएको छ । चुनाव हुने स्थिति भयो भने कांग्रेस भाग्दैन । तिमीहरु सबैका जमानत जफत गरिन्छ, माओवादीका छाउरा हो । जेएनजीका नाममा एउटा मुभमेन्ट चल्यो । त्यसको पछि लागेर देशभरि आतंक गरेको छ,’ ।

स्थानीय र आधारभूत पूर्वाधारमा भएको क्षतिका बारेमा उनले आपत्ति जनाउँदै, आगजनीका घटनाहरूको तथ्य लगानी र जिम्मेवार व्यक्तिहरूलाई उजागर गर्नुपर्नेमा जोड दिए।