काठमाडौं, २९ भदौ । जेन-जी आन्दोलनका क्रममा पूर्वमन्त्री एवम् एमाले पोलिट्ब्यूरो सदस्य गोकुल बास्कोटाको घरमा आगजनी गर्ने व्यक्तिहरूको पहिचान खुल्न थालेको छ।
बास्कोटाले आफ्नो फेसबुकमा आगलागीको बेला लिइएको लाइभ भिडियोसहित आगजनीमा संलग्न, विवादित स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजसहितका अन्य व्यक्तिहरूको तस्वीर सार्वजनिक गरेका हुन्।
बास्कोटाले उक्त भिडियोसहित प्रहरीमा उजुरी दर्ता गरिसकेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।
यसअघि अपूर्व क्षितिजलाई सार्वजनिक शान्ति भंग, जातीय भेदभाव र छुवाछुतसम्बन्धी सामाजिक रीतिस्थितिमा अवरोध पुर्याएको आरोपमा आंशिक दोषी ठहर गर्दै जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना तिराएको थियो।








प्रतिक्रिया