२९ जेष्ठ २०८३, शुक्रबार

गृहमन्त्री माग्दै बालुवाटार पुगे हर्क साम्पाङ, प्रधानमन्त्री कार्कीले भेट्नै मानिनन्

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले अब गृहमन्त्री पदमा दाबी गर्न थालेका छन् ।

यही दाबी पेश गर्न उनी आज बिहान ७ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । तर, ६ घण्टा कुर्दा पनि उनले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट्न पाएनन् ।

अपोइन्टमेन्ट नलिएको कारणले प्रधानमन्त्री कार्कीले भेट्न अस्वीकार गरेकी थिइन्। साम्पाङ बिहान ७ बजेदेखि १ बजेसम्म बालुवाटारमै उपस्थित रहे, तर अन्ततः फर्किनुपरेको स्रोतले जनाएको छ। यसअघि उनले प्रधानमन्त्री बन्ने प्रयाससमेत गरेका थिए।