२९ जेष्ठ २०८३, शुक्रबार

रास्वपाका नेता मन्त्री बन्ने दौडमा छैनन्, अर्थमन्त्रीमा खनाललाई समर्थन : स्वर्णिम वाग्ले

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले विज्ञ अर्थमन्त्रीको खोजी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आगामी अर्थमन्त्रीका लागि पूर्व अर्थसचिव डा। रामेश्वर खनाललाई समर्थन गर्ने घोषणा गरेका छन्।

फेसबुकमार्फत वाग्लेले लेखेका छन्, “कृपया अफवाह नफैलाउनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्रीको दौडमा छैनन्। आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ।”

वाग्ले स्वयं अर्थशास्त्री भएकाले उनलाई पनि सम्भावित अर्थमन्त्रीका रूपमा चर्चा गरिएको थियो। तर, उनको स्पष्टतापछि आफूसहित रास्वपाका अन्य वरिष्ठ नेताहरू मन्त्री बन्ने होडमा नरहेको प्रष्ट भएको छ।