काठमाडौं, २९ भदौ । पदभार ग्रहणको दिनमै प्रधानमन्त्री सुशीला कार्कीको अघिपछि सर्वोच्च अदालतका विवादित कर्मचारी आर्दश श्रेष्ठ देखिएका छन्। सर्वोच्चको आइटी शाखामा करार सेवामा रहेका श्रेष्ठमाथि पेशी तोक्दा सूचना चुहाउने र मुद्दामा चलखेल गर्ने आरोप छ।
२०६१ सालमा आइटी सपोर्ट पर्सनका रूपमा नियुक्त भएका श्रेष्ठले लामो समय सर्वोच्चको पेशी व्यवस्थापन शाखामा काम गरेका थिए। गोलाप्रथा सुरु हुनु अघि उनी प्रधानन्यायाधीशको निवास बालुवाटारमै पेशी तोक्ने जिम्मेवारीमा रहेर सम्बन्ध भएका व्यक्तिहरूलाई मुद्दा कुन इजलासमा पर्छ भन्ने जानकारी आधिकारिक रूपमा सार्वजनिक हुनुअघि नै उपलब्ध गराएको आरोप लाग्दै आएको छ।
कार्कीको पालामै नासु पदमै रहे पनि अधिकृत स्तरको सुविधा पाएको उनी अहिले कार्कीको सचिवालयमै बस्ने तयारीमा रहेको स्रोतले जानकारी दिएको हो ।











प्रतिक्रिया