
काठमाडौं, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवन अगाडि युवाहरूको एक समूहले सरसफाइ अभियान थालेको छ । जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको स्थानमा शनिबार युवाहरूले स्वतःस्फूर्त रूपमा सरसफाइ गरेका हुन् । दुई दिनसम्म चलेको प्रदर्शनका क्रममा भवनमा आगजनी भई ध्वस्त भएको छ । सरसफाइमा खटिएका युवाहरूले छरिएका प्लास्टिक, कागज, पानीका बोतल, जलाइएका मोटरसाइकल, गाडी लगायतका फोहोरहरू उठाइरहेका छन् ।










प्रतिक्रिया