२६ जेष्ठ २०८३, मंगलबार

जेनजी आन्दोलनमा ज्यान गुमाएका दुई युवकको दाहसंस्कार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २८ भदौ । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको दाहसंस्कार गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा आज दाहसंस्कार गरिएको हो ।

सुलभराज र आयुषको शव शुक्रबार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो ।

फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौं गएका थिए भने सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए ।