१७ असार २०८३, बुधबार

सुमना श्रेष्ठ मन्त्री नबन्ने, सरकारलाई बाहिरबाट सहयोग गर्ने घोषणा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठले अन्तरिम मन्त्रिमण्डलमा आफू सामेल नहुने घोषणा गरेकी छन् । उनले नयाँ सरकारलाई पूर्ण समर्थन रहने भए पनि मन्त्री पद ग्रहण गर्ने इच्छा नरहेको प्रष्ट पारेकी छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनिन्– “म अन्तरिम मन्त्रीमण्डलमा जान लागेको हैन। मेरो यस सरकारप्रति पूर्ण समर्थन छ। यो सरकारलाई असफल हुने सहुलियत छैन, पृष्ठभूमिमा बसेर अनुभव, सञ्जाल र समय दिएर यसलाई सफल बनाउने छु, तर मन्त्री पद भने लिने छैन।”

उनले हरेक आन्दोलनपछि पुराना शक्तिसँगको मिलापले आन्दोलनको मर्म नै प्रदूषित हुने गरेको उल्लेख गर्दै यसपालि त्यस्तो ‘प्रदूषणको कारक’ आफू नबन्ने स्पष्ट पारिन् ।

श्रेष्ठले जोड दिँदै भनिन्–
“सत्ता होइन, सेवा गर्ने।
कुर्सी होइन, कर्म गर्ने।
नाम होइन, काम गर्ने।”

उनका अनुसार, आफू अन्तरिम मन्त्रिपरिषद् बाहिर रहेरै सरकारलाई सशक्त बनाउने र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न दिलोज्यानले लाग्नेछिन् ।