२६ जेष्ठ २०८३, मंगलबार

विभिन्न कम्युनिस्ट पार्टीको आज देशव्यापी प्रदर्शन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २८ भदौ । नागरिक सर्वोच्चता हरण भएको जनाउँदै १० वामपन्थी दलले आज मुलुकभर प्रदर्शनको घोषणा गरेका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को अगुवाईमा हुन लागेको प्रदर्शनको समय तोकिएको छैन ।

बहुमतसहित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, अखिल नेपाल कम्युनिष्ट पार्टी, समाजवादी कम्युनिष्ट पार्टी, श्रमिक जनता पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिष्ट पार्टी, नेकपा (विद्रोही), नेकपा (क्रान्तिकारी) र रेडफोर्स नेपाल मार्शलले हिजो संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

भूतपूर्व प्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति हुनुअघि प्रकाशित विज्ञप्तिमा जनयुद्ध र २०६२/६३ को जनआन्दोलनबाट प्राप्त गणतन्त्रलगायत सीमित अधिकारसहितको नागरिक सर्वोच्चता अपहरण भएको उल्लेख छ ।