३१ जेष्ठ २०८३, आइतबार

रूपन्देही–३ र मनाङ प्रदेश सभा–२ को उपनिर्वाचन रद्द

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, २७ भदौ । कार्तिक १७ गते रूपन्देही–३ र मनाङ प्रदेश सभा–२ मा हुन लागेको उपनिर्वाचन रद्द भएको छ ।

जेनजी आन्दोलनपछि बनेको अन्तिरम सरकारले संघीय संसद विघटन गरेर नयाँ चुनावको मिति फागुन २१ गतेका लागि तोकेसँगै उपनिर्वाचन स्वतः रद्द भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

०७९ मा रूपन्देही–३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि यो स्थान रिक्त छ । मनाङ १ (२) बाट निर्वाचित दीपक मनाङेबारे अदालतको आदेशपछि पद खाली भएको थियो ।

प्रतिनिधि सभा विघटन भएर नयाँ चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब कात्तिक १७ को यहाँ निर्धारित उपनिर्वाचन स्वतः रद्द भएको आयोगले जनाएको छ ।