३१ जेष्ठ २०८३, आइतबार

रामचन्द्र पौडेलको कायरता र अनैतिक आत्मसर्पणमा प्रतिनिधिसभाको संहार : सूर्य थापा

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ भदौ – नेकपा (एमाले)का पोलिटब्युरो सदस्य र प्रतिनिधिसभा सदस्य सूर्य थापाले प्रतिनिधिसभा विघटनप्रति कडा आपत्ति जनाएका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् –
“रामचन्द्र पौडेलको आत्मसुरक्षावादी कायरता र अनैतिक आत्मसर्पणमा निर्दोष प्रतिनिधिसभाको संहार गरिएको छ। लोकतन्त्रको प्रयोगशालामा कठपुतलीकरण भएको कालो दिन– भदौ २७ गते।”

थापाले यस घटनालाई नेपालको संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्यमाथि गम्भीर चुनौतीको रूपमा मूल्याङ्कन गरेका छन्।