
हेटौंडा, २७ भदौ । जेन्जी समूहले गरेको आन्दोलनक्रममा भदौ २४ गते काठमाडौँका विभिन्न जेलमा रहेका १०्र भारतीय र १ बंगलादेशी नागरिक भारत छिरेका छन् । लागुऔषध, हत्या र सुन तस्करीको मुद्दामा कैद फैसला भएका १० भारतीय भारत छिरेका हुन् । उनीहरुमध्ये एक जना रक्सौलको परेउंवाका छन् ।
उनीहरु नेपाल–भारत सीमा बजार वीरगंज–रक्सौल आसपासका ग्रामीण भेगबाट भारतीय शहर रक्सौल प्रवेश गरेको पाइएको छ । उनीहरु भारत छिरेर घर पुगेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरुको रेकर्ड राखेको छ ।
यस्तै, नेपालमा सुन तस्करी गरेको मुद्दामा सजाय भोगिरहेका बंगलादेशी नागरिक नेपाल भारत सीमा अन्तर्गत रक्सौलमा पक्राउ परेका छन् । ५ वर्षअघि जेल सजाय तोकिएका बंगलादेशका नागरिक मोहम्मद अब्दल हसन थाली नेपाल भारत सीमा अन्तर्गत रक्सौलको सीमा नाकामा पक्राउ परेका हुन् ।
उनी सोमबार काठमाडौँमा जेल तोडफोड भएर कैदीबन्दी भाग्ने क्रममा भागेर भारतीय सीमा हुँदै बंगलादेश जान खोजिरहेका थिए ।
सीमा सुरक्षा बल ९एसएसबी०को ४७ औँ बटालियनले सीमामा आवतजावत गर्नेलाई गर्ने चेकजाँचक्रममा उनी समातिएपछि नेपाल प्रहरीलाई जिम्मा लगाएर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । उनले आफू सुनतस्करी मुद्दामा केन्द्रीय कारागारमा रहेको, सबै भाग्दा आफू पनि भागेर आएको बताएका छन् ।
जेन्जी आन्दोलन रोकिए पनि नेपाल भारत सीमाका ग्रामीणक्षेत्रमा प्रहरी चौकी विस्थापित हुँदा काठमाडौँबाट भागेका कैदीबन्दी निर्बाध भारत छिरेका हुन् । भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले पक्रउा गरेको संख्याले यस्तो तथ्य बाहिर आएको हो ।
रक्सौलसँग जोडिएको नेपालको सिवान टोला, अलौ, धूपवा टोलाका प्रहरी र सशस्त्र प्रहरीको चौकी जलाइएपछि त्यहाँबाट भारत प्रवेशमा सहज बनेको पाइएको छ । वीरगंजकै चाण्डाल चोक आइसिपी गेटको अस्थायी प्रहरी पोष्टसमेत जलेपछि भारत प्रवेशमा अरु सहज बनेको पाइएको छ ।









प्रतिक्रिया