काठमाडौं, २७ भदौ । अन्तरिम सरकार गठनका विषयमा कुरा मिलेको स्रोतहरूले बताएका छन्।
आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरिने बताइएको छ।
राष्ट्रपतिले संविधानको आवश्यकताको सिद्धान्तअनुसार यो निर्णय गरेका हुन् । यसअघि विभिन्न उम्मेदवारहरूको नाममा छलफल भए पनि अन्ततः सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरिएको हो।
सरकारी स्रोतका अनुसार, कार्कीको नेतृत्वमा गठित सरकारले मुलुकमा स्थिरता कायम गर्दै छ महिनाभित्र निर्वाचन गर्ने लक्ष्य राखेको छ। यसअघि संसद विघटन गरेर सरकार बनाउने कि सरकार बनाएर संसद विघटन गर्ने भन्ने विवाद चलिरहेको थियो।
विस्तृत विवरण आउन बाँकी छ ।








प्रतिक्रिया