
काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि अन्तरिम सरकारको प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की फेरि शीतलनिवास पुगेकी छन् । शीतलनिवास स्रोतका अनुसार आजै बिहान छलफल सकारात्मक नभएपछि बाहिरिएकी कार्कीलाई पुनः छलफलका लागि बोलाइएको हो ।
उनीसँग अधिवक्ता ओमप्रकाश अर्याल पनि शीतलनिवास पुगेका छन् । अर्याल जेन–जीको प्रतिनिधित्व गर्दै शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति पौडेलसँग कार्कीले बिहान ९ बजे छलफल गर्ने भनिएको थियो । तर, त्यसअघिको भेटमा कार्कीले संसद विघटन र गैरदलीय अन्तरिम सरकार नै जेन–जीको माग रहेकाले सो पूरा भएको खण्डमा मात्र आफू सरकार सम्हाल्न तयार रहेको बताएकी थिइन् ।
राष्ट्रपति पौडेलले भने संसद विघटन गर्न नहुने मत राखेका थिए भने अन्तरिम सरकारमा दलीय प्रतिनिधि हुने आशय व्यक्त गरेका थिए ।









प्रतिक्रिया