२७ जेष्ठ २०८३, बुधबार

धरानको भाटभटेनीमा भेटियो चार जनाको शव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, २७ भदौ । जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ ।

शुक्रबार दिउँसो दोस्रो तलामा एक जनाको र तेस्रो तलामा तीन जनाको शव जलेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिए । उनका अनुसार शवको पहिचान अझै खुलेको छैन ।

प्रहरीले भेटिएका शव भाटभटेनीमा लुटपाट गर्न पसेका व्यक्तिहरूको हुनसक्ने आशंका गरेको छ । पूर्णरूपमा जलेका कारण मृतकको लिंग समेत छुट्याउन नसकिएको प्रहरीले जनाएको छ ।

मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र केही व्यक्ति फसेको हल्ला चलेको थियो । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।