१९ असार २०८३, शुक्रबार

सुन तस्करीका नाइके गोरे कारागार फर्किए

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रहेका सुन तस्करी काण्डका नाइके चुडामणि उप्रेती (गोरे) जेल फर्किएका छन् । उनी जेनजीको आन्दोलनका क्रममा मंगलबार जेलबाट भागेका थिए ।

गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीबन्दीलाई कारागार फर्कन उर्दी जारी गरेसँगै गोरे फरार भएको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागार फर्किएका हुन् ।

गोरे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका छन् ।