काठमाडौं, २७ भदौ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेर परिवारलाई हस्तान्तरण गर्न थालिएको छ । सोमबार भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा केही युवाहरूको ज्यान गएको थियो ।
केन्द्रीय प्रहरीका अनुसार हालसम्म देशभर जेनजी आन्दोलनसँग जोडिएका घटनामा ५१ जनाको मृत्यु भएको छ । तर, तीमध्ये सबैजना आन्दोलनकारी नभएको प्रवक्ता डीआईजी विनोद घिमिरेले स्पष्ट पारेका छन् ।
उनका अनुसार मृतकहरूमध्ये १८ जनाको अझै पहिचान खुल्न बाँकी छ । बाँकी ३२ मृतक मध्ये पनि सबै आन्दोलनकारी नभई हुलदङ्गामा परेर मारिएका हुनसक्ने उनले बताए ।
यसै क्रममा मृतकको पहिचान सार्वजनिक गर्ने प्रक्रिया सुरु गरिएको छ । आन्दोलनका क्रममा केही भारतीय नागरिक पनि मारिएको प्रहरीको भनाइ छ ।









प्रतिक्रिया