२५ जेष्ठ २०८३, सोमबार

फरार भएकाहरु तत्काल कारागार फर्कन नख्खु कारागारको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई तुरून्त फर्कन आग्रह गरेको छ ।

आज सूचना जारी गर्दै प्रशासनले कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्दै कारागार फर्कन आग्रह गरेको हो ।

यदि फर्किएर नआएमा फरार अवस्थाको निरन्तरता हुने र कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने चेतावनी पनि प्रशासनले दिएको छ ।