२२ जेष्ठ २०८३, शुक्रबार

प्रधान सेनापति सिग्देल शीतल निवासमा, नयाँ सरकारको टुंगो गरिँदै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ भदौ । प्रधान सेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनाउने कोसिस भइरहेका बेला वार्ताका लागि सिग्देल शीतल निवास पुगेका हुन् ।

उनले जेन–जी आन्दोलनकारीसँग नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलको तर्फबाट वार्ता गर्दै आएका छन् । आज हुने भनिएको निर्णायक वार्तामा संवैधानिक जटिलताको गाँठो फुके कार्कीले प्रधानमन्त्रीको शपथ लिनेछिन् ।