१३ असार २०८३, शनिबार

नयाँ पुस्ताका युवाहरूले हामीलाई नरूचाएको पाइयो : गगन थापा

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २७ भदौ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नयाँ पुस्ताका युवाले काँग्रेसलाई नरूचाएको पाइएको बताएका छन् ।

भिडिओ सन्देशमार्फत उनले नयाँ पुस्ता आफूहरूसँग किन छैनन खोज्नु पर्ने बताएका हुन् । उनले काँग्रेस पार्टी पूर्णतयास् फेरिनुपर्नेमा जोड दिए ।

उनले नेपाली कांग्रेसलाई पुनर्गठन गर्दै यसका लागि आफू ७७ वटै जिल्लामा आउने पनि बताएका छन्। पार्टीको काम गर्ने तरिका परिवर्तन गर्नुपर्ने उनले बताए।

उनले पार्टीको शुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको बताएका हुन्। उनले अहिले भएका गल्तीको दोष आफूसमेत पार्टी नेतृत्वलाई दिँदै कांग्रेस फेरिन नसक्दा यो दुर्गति भएको बताएका छन्।