१ कार्तिक २०८३, शनिबार

सुशीला कार्की प्रधानमन्त्री निश्चित, राजा फर्कने हल्ला मात्रै

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुकी शीतल निवासमा बसेको उच्चस्तरीय छलफलपछि ‘आवश्यकताको सिद्धान्त’ का आधारमा यस्तो निष्कर्ष निकालेको स्रोतले जनाएको छ ।

संविधानको धारामा स्पष्ट प्रावधान नहुँदा पनि संसद विघटन नगरी, संविधानलाई यथावत् राख्दै र राजनीतिक दलहरूको सहमतिमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेकी हुन् । भोलि बिहान ९ बजे उनलाई शपथ खुवाइने तयारी भएको छ ।

शीतल निवासको अगाडिको भाग आगलागीले क्षतिग्रस्त भए पनि राष्ट्रपति पौडेल पछाडिको भवनमै बस्दै आएका छन् । त्यही भवनमा भएको छलफलकै परिणामस्वरुप सुशीला कार्की खिलराज रेग्मीले गरेझैँ सरकार सञ्चालनको जिम्मेवारी लिन लागेको स्रोतले बताएको छ । राजा फर्कने हल्ला पनि निकै चलेको थियो ।