
काठमाडौं, २६ भदौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले सात दशक लामो संगठनको गौरवमय कालखण्डमा देश र नागरिकले सामना गर्नुपरेको हरेक आपत–विपदमा निष्ठा र उच्च मनोबलका साथ निर्वाह गर्दै आएको बताएका छन् ।
आज साँझ सार्वजनिक भिडियो सन्देशमार्फत खापुङले वर्तमान चुनौतीपूर्ण अवस्थालाई दायित्व र शालीनतापूर्वक सामना गर्न आवश्यक रहेको बताए ।
“देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला प्रहरीहरूलाई अझै उच्च मनोबलका साथ आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरेका छन् । नेपाल प्रहरीको सदस्य भएको नाताले धर्म, कर्म, प्रतिज्ञा र समर्पण राष्ट्र र आम नागरिकको सेवा र सुरक्षा नै हो,“ उनले भने, “यो जिम्मेवारी ज्यादै महत्त्वपूर्ण र संवेदनशील बनिरहेको छ ।“
सो क्रममा उनले गत सोमबार र मंगलबार भएका जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत प्रकट गरे ।








प्रतिक्रिया