९ असार २०८३, मंगलबार

सेनाद्धारा ६२ जना फरार कैदी–बालबन्दी नियन्त्रण, ९७ नाल हतियार बरामद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौं, २६ भदौ । देशभर विभिन्न स्थानबाट भागेका ६२ जना कैदी–बालबन्दी नियन्त्रणमा परेका छन् भने हालसम्म ९७ नाल हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ ।

सेनाले सार्वजनिक गरेको सुरक्षा अपडेटअनुसार काभ्रेपलान्चोकको बनेपा–९ मा फेला परेका ८ वटा सकेट बम सुरक्षित रूपमा डिस्पोज गरिएको छ । त्यस्तै, सुन्धरा केन्द्रीय कारागारबाट ४ जना, डोटी दिपायल सिलगढी बाल सुधार गृहबाट ३ जना, धादिङ्ग गजुरी कारागारबाट ३९ जना र बाँकेको डडुवा बाल सुधार गृहबाट १६ जना गरी कुल ६२ जना फरार कैदी–बालबन्दीहरूलाई नियन्त्रणमा लिइएको हो ।

बाँके जिल्ला कारागारमा कैदीहरूले होहल्ला र आगजनी गर्दै बाहिर निस्कन खोज्दा सेनाले नियन्त्रणमा लिँदा एक जना कैदी घाइते भएका छन् । यस्तै, ललितपुरको भैसेपाटी प्रहरी चौकीलाई स्थानीयहरूले सरसफाइ गरी प्रहरीलाई स्वागत गरेका छन् भने विभिन्न स्थानबाट हालसम्म ९७ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ ।