२१ जेष्ठ २०८३, बिहिबार

भारतीय मिडिया भन्छन्- सुशीला पछि हटिन्, कुलमान प्रधानमन्त्रीका प्रमुख दावेदार

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि बन्ने अन्तरिम सरकारको नेतृत्व नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले गर्ने भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

नवभारत टाइम्सले “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री कुलमान घिसिङ, सुशीला कार्कीको नाम दौडबाट हटाइयो, भारतसँग सम्बन्ध पनि” शीर्षकमा समाचार प्रकाशित गर्दै घिसिङलाई प्रमुख विकल्पका रूपमा प्रस्तुत गरेको छ। प्रारम्भमा ‘जेन–जी’ आन्दोलनका नेताहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र काठमाडौंका मेयर बालेन शाहलाई समेत सम्भावित उम्मेदवारका रूपमा अघि सारेका थिए। तर, कार्की र बालेन पछि हटेपछि घिसिङ नै अग्रस्थानमा देखिएको भारतीय मिडियामा जनाइएको छ।

घिसिङले भारतको जमशेदपुरको क्षेत्रीय प्रविधि संस्थाबाट इन्जिनियरिङ अध्ययन गरेका थिए। नेपाल–भारत विद्युत व्यापारमा उनको योगदान विशेष रहेको भन्दै भारतीय मिडियाले उनको भारतसँगको सम्बन्धलाई समेत जोड दिएका छन्।

यसैबीच, काठमाडौंका मेयर बालेन शाहले सुशीला कार्कीलाई समर्थन जनाए पनि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङसहितका नेताहरूले विरोध गरेका छन्। जेन–जीले बालेनको नाम अघि सारे पनि उनले अन्तरिम सरकार नेतृत्व गर्न अस्वीकार गरेपछि अन्य विकल्पमा छलफल बढेको देखिएको छ।