२२ जेष्ठ २०८३, शुक्रबार

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यू

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, २६ भदौ । जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले आज साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार लागू गरिएको कर्फ्यू आदेश आज साँझ ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कायम रहनेछ ।

कर्फ्यू अवधिभर निषेधित क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत गर्न पाइने छैन । आदेश उल्लङ्घन गर्नेहरूलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कारबाही गर्ने चेतावनी दिइएको छ ।