३ श्रावण २०८३, आइतबार

‘जेनजी’का दुई समूहबीच सैनिक मुख्यालयअगाडि झडप

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ भदौ । ‘जेनजी’का दुई समूहबीच बिहीबार (भदौ २६) झडप भएको छ । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयअगाडि भेला भएका उनीहरूबीच झडप भएको हो ।

जेनजीको एक समूहले अन्तरिम सरकारको प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेको थियो । अर्को समूहले उक्त प्रस्ताव अस्वीकार गरेको थियो ।

अर्को समूहले जेनजी पुस्ताबाट नै नेतृत्वका निम्ति तयार हुनुपर्नेमा जोड दिइरहेको छ । अर्को एउटा समूह भने धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको पक्षमा छ ।

त्यही विवादबीच झडप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विवाद यति बेला केही शान्त छ ।