काठमाडौं, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विपद्पूर्ण परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन र शान्ति–सुव्यवस्था कायम गर्न सहयोग गर्न अपील गरेका छन्।
राष्ट्रपतिले शनिबार जारी सन्देशमार्फत आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न ढिलो नगरी छिटो समस्याको समाधान खोज्न सम्बद्ध पक्षलाई आग्रह गरेका हुन्।
‘देशको वर्तमान अवस्थालाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा म निरन्तर विचार–विमर्श तथा प्रयास गरिरहेको छु,’ राष्ट्रपति पौडेलले भनेका छन्।
उनले मुलुकमा शान्ति–सुव्यवस्था कायम राख्न सबैलाई संयमित रहन र सहकार्य गर्न पनि अपील गरेका छन्।









प्रतिक्रिया