काठमाडौं, २६ भदौ । पूर्वप्रधानन्यायाधीस सुशिला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जंगी अड्डामा वार्तामा छन् । तर अहिलेसम्म जेन जीबीचमै कसलाई नेतृत्वमा अगाडि बढाउने विवाद हुँदा वार्ता उपब्धिमुलक हुन सकेको छैन ।
यसैबीच कुलमान घिसिङलाई पनि जंगी अड्डामा बोलाइएको छ । जेन जीको एक समूहले कुलमानलाई नेतृत्व दिनुपर्ने माग अगाडि सारेका छन् । जंगी अड्डा बाहिर १ सय बढी युवाहरु जम्मा छन्। त्यसना थोरै जेनएक्स, आधा जेनवाई र आधा जेनजी हुन् । उनीहरुले भारतीय मिडियाले आफूहरुले भनेको कुरा प्रशारण नगरेको भन्दै आक्रोश पनि व्यक्त गरेका छन् ।
जेनजीले ४ वटा माग राखेकोले त्यो कार्यन्वयन गर्ने गरि अन्तरिम सरकार गठन हुनुपर्ने बताएका छन् । काठमाडौंसहित देशैभर सरकारी र निजी संरचना तोडफोड र आगलागीमा जेनजी संलग्न नरहेकोले त्यस्तो घटनाको अध्ययन गर्दै कार्वाही गर्न सेनालाई अनुरोध गरिएको छ ।








प्रतिक्रिया