३० आश्विन २०८३, शुक्रबार

जेन–जी दाबी गर्दै विभिन्न समूहबीच जङ्गीअड्डा अगाडि आज पनि विवाद

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ भदौ । आफूलाई जेन–जी पुस्ता दाबी गरेका विभिन्न समूहले सैनिक मुख्यालय, जङ्गीअड्डा अगाडि आज पनि वादविवाद गर्न थालेका छन्‌ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनेगरी वार्ता सुरु हुन लाग्दा सैनिक मुख्यालयको गेटमा ती समूहहरूले आ–आफूले भनेका व्यक्तिलाई नै अघि सार्नुपर्ने भन्दै वादविवाद गरिरहेका हुन्‌ ।

कार्कीको साटो आफ्ना समूहले अघि सारेको व्यक्तिलाई नै सरकार प्रमुख बनाउनुपर्ने एकोहोरो ढिपी उनीहरूले दोहो¥याइरहेका छन्‌ । ती मध्ये अधिकांशले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम लिएका छन्‌ ।

ती समूहले समाचार सङ्कलन निम्ति पुगेका भारतीय मिडियामाथि पनि आक्रोश पोखेका छन्‌ । गेटमा वादविवाद गरिरहेकाहरूलाई हटाउन सेनाले प्रयास गरिरहेको छ ।